काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा आज शुक्रबार दिउँसो ४ बजे सम्बोधन गर्ने हुनु भएको छ ।
प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारका प्राथमिकताहरु, नीति तथा भोलि जेठ १५ गते अध्यादेशमार्फत सरकारले ल्याउन लागेको आर्थिक वर्षको बजेटसहित समसामयिक परिस्थितिबारे सम्बोधन गर्ने बताइएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
