काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला चुनाव हुँदैन र गराईंदैन भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताउनु भएको छ ।
गणतन्त्र दिवसको अवसरमा सैनिक मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार र चुनाव हुँदैन र गराईंदैन भन्ने भ्रमपूर्ण प्रचार दुवै निराधार रहेको बताउनुभयो । उहाँले यस्ता दुश्प्रचारको भ्रममा नपर्न पनि आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु ।’
प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताउनुभयो । ‘आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष हो । निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्न र निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्दछ ।’, उहाँले भन्नुभयो ‘यसै अभिप्रायका साथ आगामी कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन सम्पन्न गर्ने घोषणा भएको छ ।’
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
