• शुक्रबार, साउन १५, २०८३
  • Friday 31st July 2026

तिलोत्तमा नगरपालिकामा निःशुल्क कोरोना परीक्षण


  • खुला नेपाल
  • बुधबार, जेष्ठ १९, २०७८
  • 9.3K
    SHARES

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको चेन ब्रेक गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको छ ।

महामारी सुरु भएसँगै शंकरनगरमा मात्र गरिएको निःशुल्क कोरोना परीक्षणलाई पछिल्ला दिनमा समुदायस्तरसम्म पुर्‍याइएको नगरपालिकाले जनाएको छ ।

समुदायस्तरमा निःशुल्क परीक्षण सुरु भएकाले कन्ट्याक्ट ट्रेसिङमा परेका वा कोभिड लक्षणसँग मिल्दाजुल्दा स्वास्थ्य समस्या भएका नगरबासीलाई पायक पर्ने परीक्षण स्थलमा गई परीक्षण गराउन नगर प्रमुख बासुदेव घिमिरेले अनुरोध गर्नुभएको छ ।

नगरपालिकाले दुई वटा समूह बनाएर १७ वडामैं एन्टिजिन परीक्षणको व्यवस्था मिलाएको हो ।

पछिल्लो समय समुदायस्तरमा परीक्षण कम हुँदा संक्रमण घटेको हुन सक्ने भन्दै तिलोत्तमाले परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको हो ।

प्रतिक्रिया