मृत्यु अकाट्य सत्य हो । तैपनि निभ्न हुँदैन भन्दाभन्दै अल्पायुमै झ्याप्प निभ्यौ । कोरोना महामारीको शिकार हुने लहरमा तिमी पनि पर्र्यो । आफू गएनौ मात्र, देश भित्र र बाहिर भएका सारा नेपाली, खासगरी युवा ढुकढुकीलाई त्राहीमाम बनाएर बिदा भयौ ।
हो, नेपाली हुनुमा गौरव गर्ने र नेपाललाई अत्यन्तै माया गर्ने ब्यक्तित्व थिए उज्वल थापा । देश बनाउने अभियानलाई थाती राख्दै सबैलाई छाडेर चाँडै गए सुुसंस्कृत राजनीतिका अभियानकर्ता थिए उनी ।
विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, सुसंस्कृत राजनीतिको खम्बा थियौ प्रिय नेता उज्वल तिमी, हामी युवाहरूको भविष्य थियौं ।
मेरो भेट उनीसँग ७ वर्ष अघि भएको थियो । पहिलो भेटमै म प्रभावित भएको थिएँ । त्यसो त चरिकोटमा प्लस् टु पढ्दादेखि नै म उज्वल थापाको व्यक्तित्व र विचारदेखि प्रभावित बनेको थिएँ ।
उनीसँगैको प्रभावसँगै विस्तारै उनको विचारले पनि तान्यो । र, एउटै विचार थलेमा उभ्यायो । थापाको नेपालको राष्ट्रियता र भौगोलिक अखण्डतामा थापाले देखाएको प्रतिबद्धता प्रति म सदैब प्रभावित छु ।
मैले उनले लेखेको why Nepal ? को केहि अंश जोड्न चाहे,
दुईटा गगनचुम्बी पाँच तारे होटेलका बीचमा एउटा फुच्चे घर टिक्छ र ?
एक भोजमा एउटा महानुभावले नेपाललाई ईंगित गर्दै सोधे। एकछिन सोच्न बाध्य भएँ।
अनि सुस्तरी भने, “अवश्य टिक्छ, यदि त्यो घर तिनी दुवैका गुरुको हो भने। अनि थपेँ, “तर यदि गोरुहरु मात्र चर्ने ठाँउ जस्तो बन्यो भने चाहिँ त्यो घर टिक्दैन है । चुरो कुरो हामी छिमेकको गुरु बन्ने कि गोरु ?”
घर फर्केपछि आफ्नो टिप्पणीबारे अलि गहन सोचेपछि म निश्कर्षमा पुगेँ कि देश होस् वा घर, त्यो टिक्ने वा नटिक्ने भन्ने कुरा उसका छिमेकले उस प्रति हेर्ने बुझाई र गर्ने व्यवहारले निकै फरक पार्ने हुन्छ। र सो बुझाई र व्यवहार भने त्यहि “फुच्चे” घरले देखाउने चालचलनमै भरपर्छ।
यदि छिमेकलाई त्यहि फुच्चे घरले आफैलाई राम्रो सँग सम्हाल्न नसकेको मगन्ते र विवेकहिन झोपडी जस्तो आभास दियो भने त्यो चाडैँ नै विलिन भई जान्छ। तर यदि त्यहि घर झोपडी नभई एक कुटी वा आश्राम जस्तो बन्छ जहाँ सुन्दर, शुशील सुसंस्कृत गुरु आचारण र वातावरणले भरिभराउ हुन्छ भने त्यो युगौँ सम्म पनि अडिग रहन्छ। र त्यस कुटीलाई तीनै पाँचतारेका शक्तिशाली र संमृद्ध छिमेकका बासिन्दाहरुले नै आदर मात्र होइन श्रद्धाले शीर नै निहुँराउछन् पनि।
अझ त्यतिमात्र नभई यस कुटीलाई नै रक्षा र सत्कार गर्न मरिमेट्छन्। त्यसैले अहिले हामी नेपालीको लागि एक अहम प्रश्न शायद यो पनि हो कि – हामी छिमेकका गुरु बन्ने कि गोरु ?
सच्चाई बोल्ने नेता नेपालमा असफल सिद्ध हुन्छ भन्ने कुराबाट म अत्यन्तै सचेत छु । देशवासीको गुणस्तरीय शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सेवक सरकार, उद्यमशिल तथा परोपकारी समाज विवेकशिल नेपाली हुनुपर्छ भन्ने र माग गर्ने एउटा योद्धा सुसंकृत नागरिक आन्दोलनको भिडमै लड्यो।
ठूलो मान्छे होइन, असल मान्छे हुन प्रेरित गर्नुहुने राजनीति प्रति चरम वितृष्णा र राजनीति फोहोर भएको बेला युवालाई राजनीतिमा विकल्प दिन प्रोत्साहित गर्दै सुसंस्कृत राजनीतिक आन्दोलनको मोर्चालाई अगुवाइ गर्ने प्रीय नेता । तिमी सुशासन, सदाचार, भ्रष्टाचार मुक्त समाजको पक्षपोशक र लोक कल्याणकारी राज्यको वकालत गर्ने एक सरल,सादगी र बौद्धिक नेता हौ आदरणीय ब्यक्तित्व उज्ज्वल थापा ।
हामीले शुरू गरेको पार्टी ठुलो नहोला, हामीलाई जहिल्यै खिसिटिउरी गर्लान तर नेपाली राजनीतिलाई सिकाउनु पार्ने सबक हामीले सिकाएका छौं । राजनीतिमा विवेकको प्रयोग गर्नु पर्छ भन्ने विचारको प्रणेता र व्यवहारमा पालना गर्ने नेता नै तपाईं बन्न सफल हुनु मेरो लागी अत्यन्तै गौरवको र भबिष्यसम्म झक्झक्याई रहने बिषय हो।
उहाँले देखाउनु भएको सपना साकार पार्न म फेरि यसैगरी एउटा सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई म अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने संकल्प गर्दछु ।
एउटा दुर्भाग्य भन्नुपर्छ, विमारी हुँदा सहानुभुती र मरेपछि केवल अखबार र संजालहरुमा श्रद्धाञ्जलि मात्रै पाउँछन उज्वलहरुले।
उज्वलहरु साँच्चीकै ठिक थिए, रछन् भनेर बैकल्पिक शक्ति स्वीकार्न नसक्ने र परम्परागत राजनीतिक मनोदशाबाट ग्रसित, बंशजको राजनीति गर्ने अर्को एउटा यूवा जमात पनि छ जसलाई उज्वलहरुको मृत्युले कुनै असर गर्दैन।
कति बाँच्यौँ भन्दा पनि कसरी, के का लागि बाच्यौ ? त्यो महत्त्वपूर्ण हुने रहेछ ।
तपाईं ढुक्कसँग स्वर्गमा रमाउनु होस् हजारौं उज्जवलहरू हामी छौं, हामी तपाईंलेनै सुरु गरेको अभियान नेपाल खुलला छ भनेर उभिएर बसेको बाटो भएर हिड्नेछौं र अनि भन्ने छौं, अब नेपाल सधैंका लागी खुल्ला छ ।
यो दुःखन घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै उहाँको उपचारका क्रममा स्वास्थ्य लाभ कामना गर्दै देखाउनु भएको स्नेह, सद्भाव र सहयोगका लागि सबैमा हार्दिक आभार व्यक्त गर्दछु।
हार्दिक श्रद्दाञ्जली अग्रणी उज्वल थापाप्रति । हामी सधैं सम्मान गर्नेछौं ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य

