काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७२३, भक्तपुरमा ७३ र ललितपुरमा १४१ जनामा गरी कुल ९३७ जना थपिएका हुन् ।
यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्यामा कमी आएको देखिएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
