• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

कर्णाली प्रदेश सभा अधिवेशन चल्न सकेन


  • खुला नेपाल
  • मङ्लबार, जेष्ठ २५, २०७८
  • 15.3K
    SHARES

सुर्खेत । कार्यसूचीमै प्रवेश नगरी सोमबार स्थगित कर्णाली प्रदेश सभाको आठौं अधिवेशन अनिश्चित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापालाई नहटाएसम्म अधिवेशन चल्न नदिने अडान लिएसँगै बैठक स्थगित भएको हो ।

एमाले संसदीय दलका नेता यामलाल कँडेल र सांसद करवीर शाहीले मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान लिएपछि सभामुख राजबहादुर शाहीले सूचना सुनाएर मंगलबार २ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।

स्थगित बैठक पूर्वनिधारित समयमा मंगलबार पनि सुचारु हुन सकेन । सरकार पक्ष र प्रतिपक्षबीच बैठक सुचारु गर्ने सम्बन्धमा वार्ता चलिरहेको छ । तर वार्ताको कुनै निष्कर्ष नआएकाले आज ससद चल्न सक्ने नसक्ने विषयमा केही जानकारी नआएको संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया