काठमाडौं । वागमती प्रदेशसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीको हत्या गर्न आफू नाथुराम गोड्से बन्न तयार रहेको भन्दै दिएको अभिव्यक्तिमा नेकपा एमालेका पूर्व वरिष्ठ नेता माधव नेपाल समूहका एक नेताले समर्थन जनाएका छन् ।
विघटित प्रतिनिधिसभामा दाङबाट निर्वाचित मेटमणि चौधरीले आज लामो स्टाटस लेख्दै वैद्यको अभिव्यक्ति ठीक भएको र उनले आत्मालोचना माफी केही माग्न नपर्ने भनेका छन् । यद्यपि वैद्यले दिएको अभिव्यक्तिको उनकै पार्टी नेपाली कांग्रेससहित सर्वत्र निन्दा भइरहेका छ । र, शनिबारको बाग्मती प्रदेश सभा बैठकमा वैद्यले आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् ।
तर एमाले केन्द्रीय सदस्यजस्तो जिम्मेवार नेता चौधरीले वैद्यको अभिव्यक्तिलाई सत्य यही र उनले कुनै माफीसमेत माग्नु नपर्ने भन्दै अभिव्यक्तिका लागि धन्यवाद समेत दिएका छन् । यसबाट कतै यो वैद्यलाई तुरुप बनाएर गठबन्धनको योजना नै त होइन भन्ने शंका गर्न थालिएको छ । चौधरीको स्टाटस सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा गठबन्धन र माधव नेपालप्रति शंकाका शब्दहरु आउन थालेका छन् ।
माधव पक्षधर चौधरीलाई एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरणको अहिलेसम्म कुनै कारबाही भएको छैन । वैद्यले आफ्ना अभिव्यक्तिका लागि माफी माग्नु नपर्ने र पश्चाताप पनि गर्नु नपर्ने भन्दै चौधरीले यस्तो आपराधिक अभिव्यक्तिलाई समर्थन र उक्साहट गरेका छन् ।
के लेखिएको छ मेटमणिको स्टाटसमा :
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य

