काठमाडौं । फिनल्याण्डको हेलसिन्की नगरपालिकाको चुनावमा नेपाली महिला ब्योमा ताम्राकार डेपुटी काउन्सिलर पदमा विजयी हुनुभएको छ । उहाँ उक्त पदमा दोस्रो कार्याकालका लागि निर्वाचित हुनुभएको हो ।
सोमबार सम्पन्न चुनावी प्रक्रियामा हेलसिन्की नगरपालिकाबासीले स्थानीय तवरमा राम्रो कार्य सम्पादन गरेका आधारमा ताम्राकारलाई विजयी बनाएका हुन् ।
‘यो चुनावमा मेरो उमेदवारीको मूल उद्देश्य आप्रवासीहरुको हक र हितका लागि नीति निर्माण तहमा सहभागिता जनाउनु हो भने एउटा सामाजिक र राजनैतिक ब्यक्तिवको आधारमा नेपाली समाजलाई एकताबद्द्ध बनाउनु मेरो लक्ष्य हो,’ उक्त पदमा दोस्रोपटक जितेपछि ताम्राकारले प्रतिक्रिया दिनुभयो ।
काठमाडौंको बसन्तपुरमा हुर्किएकी ताम्राकार पछि बुढानिलकण्ठ बस्नुभएको हो । अध्ययनका क्रममा उहाँ फिनल्याण्ड पुग्नुभएको हो ।
उहाँले फिनल्याण्डमा रहेका पहिलो पुस्तका नेपालीहरुले आप्रवासी प्रणाली, शिक्षा, स्वास्थ्यलगायतमा कुनै झमेला भोग्न नपरोस् भनी नीतिगत तहमै सहजता ल्याउन आफू लाग्ने समेत खुलानेपाललाई बताउनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
