काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले सोमबार प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा मन्त्री थापालाई काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यद्वय दीपक पाण्डे, ठाकुरप्रसाद बेलबासे, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालसहित कर्मचारीहरूले पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो ।
सो अवसरमा अध्यक्ष बस्नेतले काउन्सिलले २४ सै घण्टा आर्काइभमार्फत रेकर्ड गर्दै आएको (रेडियो, टेलिभिजन, अनलाइन) अभिलेख प्रणाली, अनुगमन कक्ष, निमार्णाधीन प्रेस सङ्ग्राहलयबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराले अनुगमन गर्ने तरिका, डाटा स्टोरेज, काउन्सिलमा रहेको अभिलेख प्रणालीलगायत विषयमा जानकारी गराउनुभयो । अवलोकन भ्रमणमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित सचिवालय महाशाखा/शाखाका अधिकारीहरूको उपस्थिति थियो ।
तस्बिरः विपुल पाण्डे
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य


