काठमाडौँ । बिहीबार एकैदिन सुनको मूल्य ११ सयले घटेर तोलाको ९२ हजार पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ९३ हजार एक सयमा कारोबार भएको थियो।
चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलाको १३ सय ४० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन मूल्य प्रतिऔंस १८ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
