काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि एउटै दल सत्तापक्ष र प्रतिपक्ष हुने अवस्था आउने प्रधानमन्त्री केपी शर्मा ओलीले तर्क गर्नुभएको छ । सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले एमाले सत्तापक्ष हुने कि प्रमुख प्रतिपक्ष ? भन्ने प्रश्न गर्नु भएको छ ।
‘नेपालको संविधानले प्रमुख प्रतिपक्षलाई शासन सञ्चालनमा अनिवार्य गरेको छ र प्रमुख विपक्षी दलको नेतालाई बिभिन्न संवैधानिक भूमिका प्रदान गरिएको छ । कर्थंकदाचित रिट निवेदकहरूले माग गरे बमोजिम श्री शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो भने रिट निवेदक मध्येका नेकपा (एमाले) र जनता समाजवादी पार्टीकाप्रतिनिधि सभा सदस्य कुन दलको हुनुहुन्छ ?’, प्रधानमन्त्री ओलीको जवाफमा भन्नु भएको छ,’मैले नेतृत्व गरेको नेकपा (एमाले) सत्ता पक्ष हुन्छ कि प्रतिपक्ष ? किनभने श्री शेरबहादुर देउवा त नेकपा (एमाले) कै प्रतिनिधि सभा सदस्यको समर्थनमा प्रधानमन्त्री बनेको अवस्था हुनेछ । एउटै दल सत्तापक्ष र प्रतिपक्ष दुवै हुन सक्दैन ।’
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
