काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई ५०-५० लाख रुपैयाँ दिने भएको छ ।
मेयर विद्यासुन्दर शाक्यले छिमेकी जिल्लाको बाढी र डुवान प्रभावित गाउँपालिकालाई सहयोग गरेको जानकारी दिनुभयो । यसअघि बिहीबार नगरसभाको बैठकमा नीति तथा कार्यक्रम पेश गर्दै उहाँले मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोगको घोषणा गर्नुभएको थियो ।
मेलम्ची नदीमा आएको बाढी त्यसले गरेको धन–जनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले जानकारी दिनुभयो ।
मेलम्ची काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो । यसअघि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका- १० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता गरेको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
