• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

आज थप २७६८ जनामा संक्रमण पुष्टि, ४०२० संक्रमणमुक्त


  • खुला नेपाल
  • शुक्रबार, असार ४, २०७८
  • 3.3K
    SHARES

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ जार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४ हजार २० जना संक्रमणमुक्त भएको तथा थप ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा थप ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ सय ८ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका ३९४ जना, ललितपुरका ६० जना र भक्तपुरका ५४ जना छन्।

अहिले काठमाडौंका मात्रै ६ हजार ७३५, ललितपुरका २ हजार ९८३ र भक्तपुरका २ हजार २५० जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया