• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला


  • खुला नेपाल
  • शनिबार, असार ५, २०७८
  • 13.5K
    SHARES

धनगढी । स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव जंगलमा परेको छ । डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मिता धामीको शव हट्वानी सामुदायिक वनमा फेला परेको हो ।

असार २ गते जोगबुडा अस्पताल स्वास्थ्य सामाग्री पुर्‍याउन गएकी अस्मिता सोही दिनदेखि बेपत्ता भएकी थिइन् ।उनको खोजीकार्यका लागि परिवारले ईलाका प्रहरी कार्यालय निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले तीन दिन अघिदेखि सम्पर्कविहीन भएकी युवतीको शव फेला परेको बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक नेपालले ईलाका प्रहरी कार्यालय जोगबुडा र जिल्लाबाट प्रहरी टोली अनुसन्धानका लागि पठाइसकेको बताउनुभयो ।

उहाँले घटनाबारे अनुसन्धानपछि जानकारी गराउने बताउनुभयो । हत्या हो या आत्महत्या त्यो अनुसन्धानपछि खुल्छ उहाँले भन्नुभयो, ‘प्रहरी अनुसन्धानमा खटिसकेको छ ।’

प्रतिक्रिया