• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

कर्णालीको चार सांसद पुनर्बहालीविरुद्धको भ्याकेट निवेदनमा सुनुवाइ सकियो


  • खुला नेपाल
  • मङ्लबार, असार ८, २०७८
  • 3.7K
    SHARES

काठमाडौँ । कर्णालीका प्रदेश सभा सदस्यको भ्याकेट निवेदन न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ पुरा भएको छ ।

गत जेठ २७ मा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेश सभाका चार सांसदलाई पुनर्बहाली गरेपछि सो आदेश सच्चाउन माग गर्दै प्रधानमन्त्रि तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट निवेदन दिनुभएको थियो ।

न्यायाधीश राउतको इजलासले प्रदेश सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पुनर्बहाली गर्न आदेश दिएको थियो। उनीहरूलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन भनिएको थियो।

अन्तरिम आदेशमा केन्द्रीय कमिटीले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद एवं पार्टी सदस्यमाथि प्रष्टिकरण सोध्ने र कारबाही गर्ने अधिकार महाधिवेशन आयोजक कमिटिलाई नहुने ठहर गरिएको थियो।

प्रतिक्रिया