आफन्तबाट नै आफ्नालाई छुरा प्रहार गर्छ।
जब कम्जोर बुझ्छ नि झन् बारम्बार गर्छ।।
कहाँ कम्जोर छ कसरी देख्छ र ? मूल खाबो ?
पराईले ? यहाँ त आफ्नैले धेरै अत्याचार गर्छ।।
देख्दादेख्दै मारेको विभिन्न हिंसामा पारेर।
अदालतले छुटाउन देखावटी खेरखार गर्छ।।
छोरी पाउने आमाहरुको मुटुको चाल ठीक छैन।
होस् पनि कसरी ? आफ्नै बाबुले बलात्कार गर्छ।।
जान्छ मर्नेको जिन्दगी न्याय नपाएरै नेपालमा ।
अपराधी शानले जिन्दगी हासेँरै पार गर्छ।।
महिला राष्ट्रपति भएको मेरो देशमा हेर्नुस त ?
कानुन बनेन अपराधीले हिंसा लगातार गर्छ।।
काठमाडौं
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
