काठमाडौँ– नेपाल कांग्रेसमा सभापतिको आकांक्षी दोस्रो पुस्ताका तीन नेताले आगामी महाधिवेशनमा सहमतिमै अघि बढ्ने संकेत गरेका छन् ।
महाधिवेशन केन्द्रित छलफलमा जुटका तीन नेताले एउटै टिम बनाएर सहमतिका साथ अघि बढ्ने संकेत गरेका हुन् ।
महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज छलफल भएको हो । छलफलपछि उहाँहरूले देशभरका कार्यकर्ताको पनि सहमतिका साथ अघि बढ्नु पर्ने चाहना रहेको बताउनुभयो ।
छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति निधिले भन्नुभयो, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ । हाम्रो पहलमा सबै खुसी छन् ।’
पूर्वमहामन्त्री सिंहले एउटै टिम बनाएर बनाएर जाने विषयमा सकारात्मक छलफल भइरहेको बताउनुभयो ।
उहाँले आफूहरुमाथि परिवारवादलाई प्रश्रय दिएको आरोप खारेज गर्नुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
