• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

प्रदेश नं. १, २ र वाग्मतीमा वर्षा जारी, गण्डकी र लुम्बिनीमा पनि भारी वर्षाको सम्भावना


  • खुला नेपाल
  • शनिबार, असार १२, २०७८
  • 7.7K
    SHARES

फाइल तस्वीर

काठमाडौँ । मनसुन सक्रिय भएसँगै काठमाडौँसहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।

हाल प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायुकै प्रभावले आज दिउँसो देशभaरका पाँच प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार र सोमबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

‘ प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १६.८ मिलिमिटर पानी परेको छ । महाशाखाका अनुसार सबैभन्दा धेरै सिमरामा ९० मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम भैरहवामा ०.३ मिलिमिटर पानी परेको छ भने नेपालगञ्जनमा वर्षा नै भएको छैन ।

प्रतिक्रिया