• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु


  • खुला नेपाल
  • शनिबार, असार १२, २०७८
  • 6.8K
    SHARES

बाँके । बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको भेरी अस्पतालमा उपचार गराइरहेको दुई संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दिया बारबर्दिया नगरपालिका-८ की ५२ वर्षीया महिला र रोल्पा नगरपालिका-४ का ६० वर्षीय पुरुष रहेका छन् ।

हालसम्म बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न आएका ३५६ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लाे समयमा बाँकेमा संक्रमणदर घट्दै गइरहेकाे छ । अस्पतालमा पनि चाप घटेकाे छ ।

प्रतिक्रिया