रौतहट । मौलापुरमा पानी निकासको विषयमा दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।
मौलापुर नगरपालिका–१ मर्यादपुरस्थित मोहाली साहको आँगनमा परेको आकाशे पानीको निकास हृदय नारायण यादवको खेतमा जम्मा भएको विषयमा झडप भएको प्रहरीले जनाएको छ ।
झडपमा साह पक्षका ८ जना र यादव पक्षको ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले घटनाको अनुसन्धान भइरहेको बताउनुभयाे ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
