• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

सुनसरीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु


  • खुला नेपाल
  • आइतवार, असार १३, २०७८
  • 3.2K
    SHARES

काठमाडौँ । सुनसरीको कोशी गाउँपालिका–८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा हायसले पिकअप भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन् ।

दुर्घटनामा परेर मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी-५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडी सवार मोरङग विराटनगर-९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर-७ का ४० वर्षीय अक्षयकुमार गुप्ताको जिल्ला अस्पताल इनरुवा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर नुवाकोट विदुर नगरपालिकाका विवश तामाङ र नारायण बत्सायलको अस्पतालमा उपचार भइरहेको छ ।

बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरित दिशाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिदाँ दुर्घटना भएको थियो ।

प्रतिक्रिया