• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

थप २ हजार ७ सय ६० जना संक्रमण, ३३ जनाको मृत्यु


  • खुला नेपाल
  • बिहिबार, असार १७, २०७८
  • 13.2K
    SHARES

काठमाडौं । पछिल्लो २४ घन्टामा १० हजार ९८५ नमूना परीक्षणमा २७ सय ६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा परीक्षण गराएका १० हजार ९८५ नमूनामा २७ सय ६० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

यस्तै पछिल्लो २४ घन्टामा ४ हजार १७ जनाले कोरोना जितेका छन् । यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या ६ लाख १४९ पुगेको छ । मन्त्रालयका अनुसार बिहीबार कोरोना संक्रमणबाट थप ३३ जनाले ज्यान गुमाएका छन् । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १४५ पुगेको छ । बुधबार कोरोनाबाट ४१ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया