• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

घरमै बसेर यसरी गर्नुहोस् तपाईको डिम्याट खाता र मेरो शेयरको नवीकरण


  • खुला नेपाल
  • मङ्लबार, असार २२, २०७८
  • 16.2K
    SHARES

काठमाडौं । हरेक वर्ष असार मसान्तमा डिम्याट (हितग्राही) खाता र मेरो शेयर नवीकरण गर्नुपर्ने हुन्छ । अहिले यस्तो डिम्याट तथा मेरो शेयर कसरी नवीकरण गर्ने भन्ने विषय धेरैका लागि चासोको विषय बनिरहेको छ ।

तपाईको डिम्याट र मेरो शेयर नविकरण नभएको खण्डमा तपाईले कुनै पनि कारोबार गर्न सक्नुहुन्न । पछिल्लो समय धेरै कम्पनीले आइपिओ खुलिरहेका छन् । त्यसबाट बञ्चित नहुनका लागि पनि तपाईले असार मसान्तभित्र खाता नविकरण गर्नुपर्ने हुन्छ । तपाईले डिम्याट नविकरण नगर्नु भनेको कुनै पनि कम्पनीहरुको आइपिओबाट बञ्चित हुनुपर्ने अबस्था हो ।

त्यसैले यहाँ हामी तपाईंले अनलाइबाटै डिम्याट खाता तथा मेरो शेयर कसरी नवीकरण गर्ने भन्ने विषयमा जानकारी दिँदै छौं । त्यसका लागि सुरुमा डिम्याट खाता तथा मेरो शेयर कहिले नवीकरण गर्नुपर्छ भन्ने विषय जनकारी हुन आवश्यक छ ।

कसरी र कहिले गर्ने नविकरण ?
मेरो शेयरको वेबसाइटमा सुरुमा लगइन गर्नुपर्ने हुन्छ । जब तपाईंले वेबमा मेरो शेयर लगइन गरी ड्यासबोर्डमा पुग्नुहुन्छ, तब त्यहाँ दायाँ साइडको माथि तपाईंको नाम देख्नुहुनेछ ।

सो नाममा क्लिक गरेसँगै तपाईंले त्यहाँ व्यक्तिगत विवरण भएको स्थानमा पुग्नुहुनेछ । जहाँ तपाईंले ‘अकाउन्ट इन्फर्मेसन’ भन्ने सेक्सनमा डिम्याट र मेरो शेयरको एक्सपायर हुने मिति देख्नुहुनेछ ।

अब सुरुमा तपाईं आफ्नो नाममा क्लिक गरी त्यहीँ पुग्नुहोस् । जहाँ तपाईंले म्याद सकिने समय हेर्नुभएको थियो । अब त्यहाँ तपाईं निलो बक्समा ‘रिन्यु अकाउन्ट’ भन्ने देख्नुहुनेछ । ‘रिन्यु अकाउन्ट’ मा क्लिक गरी अब अगी बढ्नुहोस् ।

त्यसपछि तपाईले रिन्यु बटममा किल्क गर्न सक्नुहुनेछ । त्यहाँ किल्क गरपछि इ सेवा, खल्ती , वालेट जस्ता पेमेन्ट पार्टनर देख्नसक्नुहुनेछ । अब तपाइले कुनबाट पे गर्ने हो त्यहाँ किल्क गर्नुहोस् ।

त्यहाँ क्लिक गरेसँगै अब नयाँ पेजमा तपाईंले डिम्याट खाता वा मेरो शेयर कुन नवीकरण गर्ने हो भनी छनोट गर्न सक्नुहुनेछ । अथवा दुवै एकै पटक नवीकरण गर्ने हो भने पनि त्यो पनि विकल्प रहेको छ ।

तपाईले सेवा छनौट गरेसँगै अब तपाईलाई नविकरण गरेको कति शुल्क लाग्छ भन्ने जानकारी तल दिइएको छ । यसरी तपाईले आफ्नो डिम्याट खाता र मेरो शेयर नविकरण गर्नसक्नुहुनेछ ।

प्रतिक्रिया