चेलीको बिलौना
(असारे भाका)
असारे पानी तर्कदा पनि भिजियो निथ्रुक्कै
ए कठै बरी १ यो बर्खा भरी हुन्छु कि खुत्रुक्कै ।
बिहानै उठी मझेरी पोती नडुब्दै अँधेरी
गागरी बोकी मन्जन टोकी पुग्छु म पँधेरी ।।
मकैका ठेट्ना यो खाली पेट्मा गएर भिरैमा
घॉसको भारी टिमीक्क पारी चढाई शिरैमा ।
पुर्र्याई घॉस टिपेर गॉस जान्छु म मेलैमा
हप्की र दप्की गर्दछन् खप्की नपुगे बेलैमा ।।
आ–आफ्नो मेलो नगरी खेलो लानु छ संग्सँगै
ठगाई भन्छन् टाढ्टाढा बन्छन् पार्दछन् झसंगै ।
म पर सर्दा बिरामी पर्दा सँधै हो एक्नास
नहुने छुन हुन् कुन कुन रहन्नन् क्यै खास ।।
थाकेको मौका चुला र चौका ऑफैले स्यारनी
यसरी मैले खै होला कैले बिसाई मारनी ।
कैले त हेर तीन्चार फेर गाम्बेशी गरिन्छ
सकेर मेला छुटने बेला थचक्कै परिन्छ ।।
शिरैका स्वामी भए त हामी हॉसेर खेलिन्थ्यो
थकाई त्यही लाग्थेन केही त्यत्तिकै भुलिन्थ्यो ।
माइती जानु र मीठो खानु सपनै भए नि
ससुरा सासू नझार्लान् ऑसु मै मरी गए नि ।।
सोध्दैनन् कोही म बस्दा रोई के भयो भनेर
ह्दय फुट्छ भक्कानो छुट्छ चम्धारा बनेर ।
हरेक बर्ष यस्तै नै पर्छ सँहेकै छु मैले
खै कसो कसो बॉचौंला जसो लाग्दैन नि ऐले ।।
धनश्याम पौडेल, सृजना चोक, पोखरा
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
असार
साँच्चिकै किसानको लागि
एक
महत्त्वपूर्ण महिना हो
असारको लागि
किसानले
सातु
चामल
नून
भुटुन
जसरी हुन्छ जुटाएर
बेलैमा
आली बाँझो गरी
बिउ छरी
मानो खाएर
मुरी उब्जाउन तल्लीन
घाम
पानी
झरी बादलको कुनै
प्रवाह नगरी
रोपाइँतिर असारे
गाउदै सिमेभुमे
नागनगिनी भाकेर
बिउ चढाएर
रोप्न लाग्छन्
हलीगोरु
रोपारबाउसे भेला भएर
पञ्चेबाजा घन्काएर
रोपाइ गर्दा
साच्चिकै
ठुलो पर्व आएझैँ
सारा दुख झेलेर
खले गह्रामा
बिउको रङ्गीचङ्गी
फूल लगाएर भकारी
चेलीबेटीबाट बाधिन्छ
माइतीलाई
जरासहितको बिउको
फूल लगादिएपछि
चेलीबेटीलाई
पैसा
र आशीर्वाद दिइन्छ
रोपार
बाउसे बेस्सरी
हिलो छ्याप्दै छम्छम
हिलोमा नाँच्दा
कम रमाइलो हुन्छ ररु
बाजाको तालमा
रोपार्नी रोप्न्छ्न
कसले
छिटो रोप्ने
राम्रो रोप्ने
प्रतिस्पर्धा हुन्छ
होलीमा
इन्द्रेणी रङ्गसँग
रमाएझैँ हिलोमा
उतिकै रमाइलो गरी
रमाएको
मैले पनि बिर्सेको
कहाँ छ र रु
आलिमा बसेर
पछेउरीले
पसिना पुछ्दै
हिलो धोएर
टुसुक्क बसी
खाजा खाएको
याद ताजा नै छ
आकाशमा
कहिले खुल्ला घाम
निलो आकाश
कहिले कालो
सेतो
बादलले
विभिन्न आकृति बनाई
मडारिदै सङ्लो पानीमा
टल्काएको दृश्य
झनै सुन्दर लाग्छ
वनमा झ्याउँकीरीको
आवाज
कानसम्म ठोक्किदै
पल्लो डाँडामा
मुसल्धारे पानी पर्नु
ओल्लो डाँडामा घाम लागेर
बनेको इन्द्रेणी त
झनै मनमोहक लाग्थ्यो
दिनभरिको काम
साथीसँगै
घर धाउदा
चौतारीमा बसेर
गफ गर्दै
डोको बोकेर
घरमा फर्किनुको
मज्जा बेग्लै हुन्थ्यो
पालैपालो छिमेकी
अर्म पर्म गरेर
रोपिने
असार
क्या रमाइलो लाग्छ
पहाडतिर त प्राय
असार महिना
विद्यार्थीहरूको
छुट्टी हुने भएकोले
छुट्टै आनन्द हुन्छ
हरिया मकै
आँप
कटहर
काँक्रा
फर्सीको सिजन
यो बेला खाएर
काममा रमाउनु
कति खुशीको कुरा हो
साच्चिकै असार
महिना अत्यन्तै
राम्रो लाग्छ ।।
तारा घिमिरे, संखुवासभा
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
जिन्दगी
खै के भनौ जिन्दगी
भिर को चिन्डो उधो न उभो
भने झै भो जिन्दगी
यो मध्यम बर्गिय को लागि
असहज भो जिन्दगी
न त माथी नै चढ्न सक्छ
न त तल नै झर्न सक्छ
आरोह अबरोह भैरहने
जिन्दगी
कहिले उकाली त
कहिले ओराली
झर्नै पर्ने जिन्दगी
आफुले सोचे जस्तो
नहुने यो जिन्दगी
आफू ताको मुढो
बन्चरो ताक्छ घुँडो
भने झै छ जिन्दगी
खै के भनौ जिन्दगी
यस्तै यस्तै छ मध्यम
बर्गिय जिन्दगी ।
सरस्वती श्रेष्ठ, इटहरी
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
सोच
समय बदलियो
मान्छेको लवाइ
खवाइ बदलियो
घर बदलियो
गोठ बदलियो
तर सदियौंदेखिको
साँघुरो सोच
कहिल्यै बदलिएन
उसले टेकेको धर्ती
बदलियो
ओढ्ने सिरक
बदलियो
खाने गाँस
हिँड्ने बाटो
चढ्ने वाहन
समाउने कलम
लगाउने मलम
बदलियो
तर हेर्ने आँखा
र रुढ सोच
बदलिनै चाहेन
गाउँका चौतारी
बदलिए
दौतरी
पाइखाना
र धारा बदलिए
तुलसीको मठ
हलो
गोरु
हली
बदलिए धानको
बिउ बदलियो
विडम्बना १
तर अहँ
शामन्तवादी
प्रवृत्ति
शोषण
र अत्याचारले
आफ्नो
स्वरूप बदले पनि
सोच
कहिल्यै बद …….!!!!!
निरू गौतम, मोरङ
२०७८।०३।२६
संयोजन : गंगा दहाल
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य




