काठमाडौँ । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले पठाएको यान पर्सिवरेन्स रोवरले मंगलग्रहको पहिलो नमूना लिने तयारी गरेको छ । रोवरमा रहेको औँला आकारको ‘कोर’ ले मंगलग्रहको ढुंगाको नमूना लिने भएको हो ।
यसरी लिइएको नमूना ट्युबमा राखेर शिल गरिने छ र त्यो अन्ततः पृथ्वीमा ल्याइने छ । मंगलग्रहमा कुनै बेला प्राणी वा कुनै प्रकारको जीवन थियो कि थिएन भन्ने बुझ्नका लागि सो नमुनाको अध्ययन गर्न लागेको हो ।
बैज्ञानिकहरुले सो नमुना प्रयोगशालामा राखे अध्ययन गर्ने जनाएका छन् । स्याटेलाइट तस्बिरहरुमा देखिए अनुसार मंगलग्रहको सतहमा कुनै समय ताल रहेको जस्तो देखिन्छ । नासाले पठाएको सो यान गत फेब्रुअरीमा मंगल ग्रहमा अवतरण गरेको थियो । त्यहाँ नासाको रोबर्टले एक किलोमिटर यात्रा गरेको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
