मुक्तक
तिललाई पहाड बनाउँछन् कुरामा जोड्दै कुरा
ईर्ष्या, प्रतिशोध, हुटहुटी र जलनले मोड्दै कुरा
किन रुखो भयो स्वभाव हिजोआज मान्छेको
झूठोलाई साँचो दुरुस्तै बनाउँछ खै गोड्दै कुरा ।
गंगा दहाल, ललितपुर
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
मुक्तक
बोलाई सक्नु छैन आफै मैमत्ता छ
देशको धन निचोरेर उसलाई भत्ता छ
हजारौ काम लिएर अफिसमा पुग्नु
टोपी टेवलमा छ हाकिम बेपत्ता छ।
कविता केशरी, विराटनगर
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
मुक्तक
मन परेर आफ्नै हुन् मान्यो ढुंगा झैँ बिझाउँछन्
होलान् कि फूल भनेर ठान्यो ढुंगा झैँ बिझाउँछन्
शुभ चिताएर हात समाउँदा टाउकामा टेक्नेहरु
दुख्ला कि भनी मुटुमा बान्यो ढुंगा झैँ बिझाउँछन्।
लक्ष्मी स्मृति, बिराटनगर ५
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
मुक्तक
अतृप्त प्यास मेट्न पनि एक कदम चाल्नुपर्छ
एक खुड्किलो भेट्न पनि एक कदम चाल्नुपर्छ
जीवनमा आरोह अवरोह पर्खाल झैँ उच्च देखेँ
सहस्र दुःख रेट्न पनि एक कदम चाल्नुपर्छ
अम्बिका खरेल उप्रेती, विराटनगर
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
मुक्तक
आफू खुसी हुन मलाई रुवायौ घाती
दियौ धेरै चोट कहिल्यै भएन जाती
मनमा आगो बलेर छट्पटीदै छु, म
निभाउन सकिनँ पोलिरहेछ छाती
गजेन्द्र दाहाल
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
मुक्तक
आँगनमा जन्मिएर धुलोमा हुर्केका
हिलो पानी र मैलो कुलोमा हुर्केका
सफा, चट्ट परेकाहरुलाई देख्दा पनि
सोच्दछन् निक्कै राम्रै चुलोमा हुर्केका ।
सायुसुसन राई ‘चरन’, सुनसरी
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
मुक्तक
दम्भ पालेकाहरू सधैँ अरुलाई गोडामा झुकाउँछन्
बाहिर फुर्ति लगाई आफ्नो वास्तविकता लुकाउँछन्
अरूलाई मान्छे नगन्ने प्रवृति हुँदोरहेछ अहंकारीको
घमण्ड उम्लियो भने पक्कै एकदिन मुखमा थुकाउँछन्
जमुना पौड्याल, विराटनगर– ३
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
मुक्तक
धर्मका ग्रन्थ नै बेग्लै, मन्दिर आफ्नो आफ्नो
कसको धर्म ठूलो सानो, पीर आफ्नो आफ्नो
लाटाले पापा हेरे झैं, ट्वाल्ल भई हेर्दैछु
मूर्ति चोरेरै बने ती, तक्दिर आफ्नो आफ्नो
सुमन कडरिया, चितवन
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
मुक्तक
मीठो बोलेर के गर्नु ब्यवहारमा चालू भएपछि
सिन्को पर नसार्ने चै समाजमा ठालु भएपछि
गलत कदमहरु चालिन्छन् यहाँ बारम्बार नै
आफ्ना गल्ती ढाकछोपमा सिपालु भएपछि
सुस्मिता नेपाल, सुनसरी
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
मुक्तक
चाट्नेहरू फेरै छन् साथी
आसेपासे घेरै छन् साथी
हर पाइला जोगिएर हिड्नू
खुट्टा तान्ने धेरै छन् साथी ।
केशवप्रसाद ढकाल ‘प्रीतबीज’, सिरान्चोक–७, गोरखा
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
मुक्तक
भविष्यको उज्यालो बाटोलाई देखाउनु भयो गुरु
थरर काम्ने हात समाई अक्षर लेखाउनु भयो गुरु
बुवा र आमा जतिकै गुरु महान भगवान हुनुहुन्छ
सबैलाई परिश्रमको मीठो फल चखाउनु भयो गुरु
तारा घिमिरे, संखुवासभा
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
मुक्तक
किन देखिन सकेनन् कोहीपनि शिष्ट
सबैलाई हुनुपर्ने किनहोला नि बरिष्ठ
किसान मजदुर चाहिएन, केवल पद
लोभीपापी कसरी भएछन् कम्युनिष्ट !!
वैद्यनाथ श्रमजीवी, वीरगन्ज
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
मुक्तक
खडेरीले रहर झांगिएर जाओस् ।
प्रेमको छुरा बरु बागिएर जाओस् ।।
अमर माया प्रिति झुक्ने छैन कसै
रीस गर्ने ऊ ऑफै नांगिएर जाओस् ।।
घनश्याम पौडेल, सृजनाचोक पोखरा
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
मुक्तक
त्यो मनको खडेरीले रहर मार्यो भन्छौ तिमी
गाँसिएको सम्बन्धले असर पार्यो भन्छौ तिमी
कल्पनाको संसारमा हराउने म कहाँ हो र
भावनात्मक नाता पनि तल झार्यो भन्छौ तिमी

सिर्जना खनाल, भैरहवा, रुपन्देही
संयोजन : गंगा दहाल
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य













