काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवर्द्धन कोष’ स्थापना गर्ने भएको छ ।
दर्शनशास्त्रको अध्ययन/अनुसन्धानलाई अझै व्यवस्थित ढङ्गले अगाडि बढाउने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवर्द्धन कोष’को स्थापना गर्ने भएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा हालै ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार’ द्वारा सम्मानित प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रले आफूले पुरस्कारबापत प्राप्त गरेको रु. दुई लाख रकम दर्शनशास्त्र विषयको अध्ययन/अनुसन्धानलाई थप प्रभावकारी तुल्याउन सहयोग पुर्याउने उद्देश्यले प्रज्ञा–प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव एवम् दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले भन्नुभयो– “प्रा.डा. मिश्रले दिनुभएको उक्त दुई लाख रकमलाई बीज पुँजीका रूपमा जम्मा गरी प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सो रकममा रु. तीन लाख थप गरेर रु. पाँच लाखको ‘दर्शनशास्त्र प्रवर्द्धन कोष’ स्थापना गर्ने निर्णय गरिएको छ ।”
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
