• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

नेपालले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै


  • खुला नेपाल
  • आइतवार, अशोज १०, २०७८
  • 11K
    SHARES

फाइल तस्वीर

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ओमानविरुद्ध कतार दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

साफको तयारीका लागि नेपाली टिम कतारमा रहेको छ । यस अघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

जसमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया