काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले एमालेलाई हराउने कुरा सपना मात्रै भएको बताउनुभएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले एमालेलाई माधव नेपालले चुनावमा पराजित गर्छु भन्नु लामखुट्टेले हात्ती खाएको सपना देख्नु जस्तै भएको बताउनुभयो ।
‘मच्छरले निदाएको बेला सिङ्गै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नु पर्छ भन्नू उस्तै हो, ओलीले भन्नुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
