काठमाडौं । सोमबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरुले नयाँ नारा लगाएका छन् । उनीहरुले कालो धनलाई वैधानिक बनाउन पाइँदैन भन्दै नारा लगाएका छन् । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानी गर्नका लागि स्रोत नखोजिने नीति तथा कार्यक्रम ल्याएपछि एमाले सांसदले सो विरुद्ध नाराबाजी गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध जनाएपछि प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबार दिउँसो केहीबेर बेसेसँगै स्थगित गराइएको हो ।
सभामुख सापकोटाले दल विभाजनमा सहयोग गरेको भन्दै एमाले सांसदहरुले प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै विरोध गर्दै आएका छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
