• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

युटुबरमाथि प्रहरीले निगरानी बढायो, महिलाको चरित्र हत्या गरेको आरोपमा चार युटुबर पक्राउ


  • खुला नेपाल
  • बुधबार, अशोज १३, २०७८
  • 8K
    SHARES

काठमाडौं । लामो समयदेखि महिलाको चरित्र हत्या गर्दै आइरहेका चार युटुबरलाई प्रहरीको केन्द्रीय साइबर व्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङको तुलसीपुर उपमहानगरपालिका–१७ घर भइ काठमाडौं बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक नुवाकोटको सूर्यगढी गाउँपालिका–२ घर भइ काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सरईचुली मिडया युट्युब च्यानलका सञ्चालक मोरङको बेलबारी नगरपालिका–९ घर भइ काठमाडौं पेप्सीकोला बस्ने ३५ वर्षीया पिंकला कार्की र मोर्डन अनलाइन टिभी युट्युब च्यानलका सञ्चालक दोलखाको मैलुङ गाउँपालिका–४ घर भइ काठमाडौं गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ छन् ।

महिलाको चरित्र हत्या गर्ने गरेको र व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउने काम गरेको पाइएपछि मुद्दा चलाइएको ब्यूरोका एसएसपी नवीन्द अर्यालले जानकारी दिनुभयो । उनीहरुलाई विद्युतीय कारोबार एन २०६३ अन्तर्गत कसूरमा मुद्दा चलाइने आर्याले बताउनुभयो ।

प्रतिक्रिया