• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

कुवेतमा नवजात शिशुलाई फोहोरको कन्टेनरमा फाल्ने नेपाली दम्पती पक्राउ


  • खुला नेपाल
  • बिहिबार, अशोज १४, २०७८
  • 3.9K
    SHARES

दोहा । कुवेतमा नवजात शिशुलाई फोहोरको भाँडोमा फाल्ने एक नेपाली दम्पती पक्राउ परेको छ।

एक नेपाली महिलाले प्रेमीसँगको सम्बन्धपछि जन्मिएको नवजात शिशुलाई फोहोर भाँडोमा फालेको आरोपमा पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ ।

त्यहाँको फरवानीया क्षेत्रमा हिँडिरहेका एक फिलिपिनो नागरिकले ती नेपाली दाम्पतीलाई शंकास्पद ढंगले एउटा फोहोरको भाँडोमा नवजात शिशुलाई फाल्ने प्रयास गरिरहेको देखेपछि त्यहाँको आन्तरिक मन्त्रालयलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुग्दा ती नेपाली दम्पती नजिकै फोहोर फाल्ने कन्टेनरभित्र एउटा बच्चा भेटिएको थियो । प्रहरीले दुबैलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानको क्रममा उनीहरु शिशुका आमा बुबा थिए, अवैध सम्बन्धका कारण शिशु जन्मिएकाले फोहोरको कन्टेनरमा फालेको खुलेको मन्त्रालयले जनाएको छ ।

अहिले दुवै अभियुक्त प्रहरी हिरासतमा रहेको र उनीहरुविरुद्ध कानूनी कारबाही भईरहेको अरब टाइम्सले उल्लेख गरेको छ । ती नेपाली दम्पतीको परिचय भने खुलाईएको छैन ।

प्रतिक्रिया