• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

एमालेको विधान महाधिवेशन आज शुरु हुँदै, देशभरबाट ६ हजार जनाले सहभागिता जनाउने


  • खुला नेपाल
  • शुक्रबार, अशोज १५, २०७८
  • 7K
    SHARES

काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीमा शुरु हुँदैछ । आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने यस महाधिवेशनमा करिब ६ हजार प्रतिनिधि सहभागी हुँदैछन् ।

यति ठूलो संख्यामा प्रतिनिधित्व गरेर हुन लागेको नेपालमा पहिलो राजनीतिक सम्मेलन समेत हो । एमालेले विधान महाधिवेशनको नारा समेत सार्वजनिक गरेको छ ।

‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मर्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नाराका साथ शुरु हुन लागेको विधान महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुनेछ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार विधान महाधिवेशन तीन दिन चल्ने छ ।

विधान महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि काठमाडौं आइसकेका छन् । उनीहरुलाई बिहान सातदोबाटोबाट पार्टीकै बसमा गोदावरी महाधिवेशनस्थलमा पुर्‍याइँदैछ ।

विधान महाधिवेशनमा एमालेका पूर्वप्रमुखहरु कोही पनि नरहने भएका छन् । पूर्व पार्टी प्रमुख एवम् पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनालले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्नुभएको छ । एमालेका संस्थापक नेता मुकुन्द न्यौपाने पनि नेपाल–खनालकै पार्टीमा हुनुहुन्छ । २०५४ सालमै एमाले छाडेका सीपी मैनाली नेकपा मालेका महासचिव हुनुहुन्छ ।

प्रतिक्रिया