• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

शाहरुख खानका छोरा आर्यन हिरासतमा, लागूऔषध दुरुपयोगको आरोप


  • खुला नेपाल
  • सोमवार, अशोज १८, २०७८
  • 7.2K
    SHARES

काठमाडौँ । बलिउड अभिनेता किङ्ग खान अर्थात शाहरुख खानका छोरा आर्यन खान लागूऔषध दुरुपयोगको अभियोगमा पक्राउ परेका छन् ।

उनलाई भारतीय लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले नियन्त्रणमा लिएको हो । शनिबार राति मम्बुईमा एनसीबीले छापा मारेको बताइएको छ ।

उक्त छापामा आठ जनालाई एनसीबीले नियन्त्रणमा लिएको र आर्यनसहित तीन जनालाई गिरफ्तार गरिएको भारतीय समाचार संस्था एएनआइले जनाएको छ ।

आर्यनको जमानतका लागि आज (सोमबार) उनका वकिलले मुम्बईको सेशंस अदालतमा निवेदन दिने बताइएको छ ।

उनीसँगै पक्राउ परेका अरबाज मर्चेन्ट र मुनमुन धमिचालाई एनसीबीले हिरासतमा लिएको म्याद आज सकिँदैछ ।

यस्तै अन्य पाँच जनालाई एनसीबीले आज थप अनुसन्धानका लागि म्याद थप्न माग गर्दै आज अदालतमा पेश गर्दै छ ।

प्रतिक्रिया