काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठक करिब ७ मिनेट बसेर स्थगित भएको छ । नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभा बैठक चल्न नदिएपछि बैठक स्थगित गर्दै अर्को बैठक असोज २२ गतेका लागि तोकिएको हो ।
एमाले सांसदहरुले ‘कालो धन हामीलाई चाहिँदैन, देश लुट्न पाइँदैन ‘यथास्थितिमा संसद् चल्न सक्दैन’ लगायतका केही हप्तायता लगाइरहेका नाराहरु दोहोर्याएका छन् ।
अवरोधकै बीच सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको प्रतिवेदन २०७७/७८ प्रस्तुत गर्न समय दिनुभएको थियो । मन्त्री कार्कीले प्रतिवेदन पेश गर्नुभएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
