• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

सिभिल ग्रुपका अध्यक्ष इच्छाराम तामाङसहित १२ जनालाई पाँच दिन थुनामा राख्न अनुमति


  • खुला नेपाल
  • बुधबार, अशोज २०, २०७८
  • 6.4K
    SHARES

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनामाथि अनुसन्धानका लागि ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले तामाङसहित सिभिल ग्रुप (सिभिल सहकारी)का १२ जनालाई हिरासतमा राखी अनुसन्धान गर्न ५ दिनका लागि म्याद थप भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिनुभयो ।

सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष तामाङसहित १२ जनाले १३७ जना बचतकर्ताको ७० करोड ८९ लाख १३ हजार रुपैयाँ निक्षेप ठगी गरेको आरोप लागेको छ ।

प्रतिक्रिया