काठमाडौँ । नेपालबाट मनसुन बाहिरिन शुरू गरेको छ । तथापि पूर्णरुपमा बाहिरिन अझै एक हप्ता लाग्न सक्ने मौसमविद्ले जनाएका छन् ।
शुक्रबारदेखि नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन शुरू गरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
‘शुक्रबारदेखि मनसुन बाहिरिन शुरू गरेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट पूर्णरुपमै बाहिरिएको छ । अरु प्रदेश हुँदै पूर्वी भागबाट बाहिरिएर नेपालबाटै मनसुन पूर्ण रुपमा निस्क्रिय हुन अरु हप्ता दश दिन लाग्न सक्छ,’ नगरकोटीले भन्नुभयो ।
महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज बिहान प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।
आज अपराह्न २/३ बजेपछि काठमाडौँ उपत्यकासहितका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको न्युन सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो । यसअतिरिक्त दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा पनि मेघगर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
