जुकाले चुसे
मुसाले खने
हाप्सिलाले दारे
स्यालले चिथोरे
भ्याकुराले खोस्रिए
बित्ताले नापे
तर
तारे भीर
अग्लो छ
सग्लो छ ।
फित्कौली जत्रा
खरी जुका
रगत चुस्न
पिडौलाबाट
उकालो लाग्दै थिए
लमक लमक ।
तिन्का मुखमा
नुन टिम्मुर
खोजी खोजी
आफै ओइरिए
अनि डल्लिएर
भुइँमा खसे
तुसारो झै पग्लिए ।
कतै हनि ट्र्याप
कतै मनि ट्र्याप
छि १ छि १
गाँसको जोहोमा निस्केका
आफैं परे ।
आफ्नै खाली खुट्टामा विश्वास गर्नेले
दौडिन–उभिन–लम्किन सक्छ
देउरालीमा पुग्छ
फूलपाती चढाउँछ
ढुंगा अर्पिन्छ
जताततै फर्केर हेरे नि
छ्याङ्ग उज्यालो देख्छ
हिडे बाटो भेट्छ
अघि बढे मार्ग पहिल्याउँछ
बसे उसैलाई दुनियाँ
धाई धाई भेट्न आउँछ्न
मनका काला धब्बा
मेट्न आउछन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
