• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

अफगानिस्तानमा मानवीय सहायताको खाँचो


  • खुला नेपाल
  • बुधबार, अशोज २७, २०७८
  • 13.5K
    SHARES

एजेन्सी । अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औँल्याइएको छ । अफगानिस्तानका विषयमा भएको जि २० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले सो कुरा बताउनुभएको हो ।

उक्त बैठकपछि उहाँले समाचारदाताहरुसँग भन्नुभयो– हामीले अफगानिस्तानको अवस्थालगायत धेरै विषयमा कुराकानी गरेका छौँ, मलाई लाग्छ यहाँको अवस्था अहिले नै नाजुक छ, यहाँका नागरिकलाई मानवीय सहायताको खाँचो छ ।

इटालीले अफगानिस्तानको विषयलाई लिएर जि २० का सदस्य राष्ट्रहरुको जुम बैठक आयोजना गरेको थियो । सो बैठकमा जि२० का सबै देशका सरकार तथा राज्य प्रमुखहरु सहभागी थिए ।

अफगानिस्तानमा विद्रोह गरिरहेका तालिबानीहरुले गत महिना यहाँको सत्ता हत्याएका थिए । त्यसपछि त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको छ भने विश्वका देशहरुले पनि अफगानिस्तानमा दिने सहायता रोकेका छन् । यसै कारणले अफगानिस्तानको आर्थिक अवस्था पनि नाजुक बन्दै गएको बताइएको छ ।

प्रतिक्रिया