• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

सर्वोच्चका न्यायाधीशले इजलास बहिष्कार गर्दा २१६ मु्द्दा सुनुवाइ ठप्प


  • खुला नेपाल
  • सोमवार, कार्तिक ८, २०७८
  • 8.8K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा सोमबार मुद्दा सुनुवाइ प्रभावित बनेको छ ।

सोमबार प्रधानन्यायाधीश जबराले आफूबाहकेको सात इजलास तोकेका थिए । राणाले ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर, कोही पनि न्यायाधीश इजलासमा सहभागी नभएपछि मुद्दाहरुको सुनुवाइ प्रभावित बनेको हो ।

सोमबार सर्वोच्चका न्यायाधीशहरुका लागि २१६ मुद्दाको सुनुवाइ गर्न पेशी तोकेका थिए । प्रधानन्यायाधीशका कारण न्यायालय विवादमा परेको भन्दै न्यायाधीशहरु इजलासमा नबसी सामूहिक छलफलमा जुटे पछि कुनै पनि इजलासमा मुद्दा सुनुवाइ हुन सकेन ।

यता प्रधानन्यायाधीश राणासँग जोडिएको विवादलाई लिएर सर्वोच्च बार र नेपाल बार एसोसियसनका पदाधिकारी पनि भिन्दाभिन्दै छलफलमा जुटेका छन्।

प्रतिक्रिया