काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि तयार रहेको बताउनुभएको छ ।
मंगलबार प्रधानन्यायाधीश राणालाई भेट्न पुगेका १५ न्यायाधीशलाई सो कुरा बताउनुभएको हो । १५ न्यायाधीशले प्रधानन्यायाधीशलाई राजीनामा दिन सुझाव दिएका थिए । ‘विवादमा अरु न्यायाधीशको पनि कुरा आएको छ। उहाँहरुले गरेका फैसलामा पनि प्रश्न उठेका छन् । ति सबै न्यायाधीशले नैतिकता देखाएर राजीनामा दिए आफूलाई राजीनामा दिन असहज हुदैन, प्रधानन्यायाधीश राणाले भन्नुभयो, विवादमा आएका सबैले राजीनामा दिने हो भने म तयार छुु ।’
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
