• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलन तय गर्न बारको बैठक बस्दै


  • खुला नेपाल
  • शुक्रबार, कार्तिक १२, २०७८
  • 13.3K
    SHARES

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको नेपाल बार एसोसिएशनले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

थप आन्दालनको कार्यक्रम तय गर्न बारले आज बिहान ११ बजे बैठक डाकेको छ । बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल बारले यसअघि नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो । तर, जबराले आफ्नो बहिर्गमनको विधि र प्रक्रिया संविधानले निर्धारण गरेको र त्यसअनुसार मात्रै पद छाड्न मञ्जुर रहेको भन्दै राजीनामा दिन अस्वीकार गर्दै आउनु भएको छ ।

जबराले राजीनामा नदिएपछि अब बारले देशभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया