• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

प्रधानन्यायाधीशले नियमित प्रक्रियाका मुद्दा स्थगित गराएर बन्दी प्रत्यक्षीकरणको पेशी मात्रै ताेके


  • खुला नेपाल
  • मङ्लबार, कार्तिक १६, २०७८
  • 11.7K
    SHARES

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि आफू बाहेकको इजलास गठन गर्नुभएको छ ।

प्रधानन्यायाधीश राणाले आज ६ वटा इजलासमा १० वटा पेशी तोक्नुभएको छ । बन्दी प्रत्यक्षीकरण बाहेक चार वटा बैंकिङ कसुर सम्बन्धी मुद्दा तोक्नुभएको छ । सवै इजलासमा बन्दी प्रत्येक्षीकरणको मुद्दामा मात्र सुनुवाइ हुनेछ । आज साप्ताहिक पेशी सूची अन्तर्गत नियमित प्रक्रियमा रहेका २ सय ५६ वटा मुद्दा स्थगित गराइएको छ ।

आजका लागि राणाले दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र हरिकृष्ण कार्की, वमकुमार श्रेष्ठ र कुमार चुडाल, प्रकाश कुमार ढुंगाना, सुष्मालता माथेमा, तेजबहाजुर केसी र कुमार रेग्मीको इजलास तोक्नुभएको छ ।

प्रतिक्रिया