काठमाडौं । नेकपा एमालेले आगामी दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्नेहरुका लागि दुईथरी शुल्क निर्धारण गरेको छ ।
एमालेको आगामी महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुदै सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले दुई थरी शुल्क निर्धारण गरिएको बताउनुभएको हो ।
‘स्वतः प्रतिनिधित्व हुने केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट प्रतिनिधित्व गर्नेहरुलाई तीन हजार प्रतिनिधि शुल्क तोकिएको छ। तल निर्वाचित भएर आउनेहरुलाई दुई हजार प्रतिनिधि शुल्क तोकिएको छ, सचिव भट्टराईले भन्नुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
