• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

प्रधानन्यायाधीश राणाले मंगलबारदेखि नियमित प्रक्रियाका सबै मुद्दाको पेशी तोक्ने


  • खुला नेपाल
  • सोमवार, कार्तिक २२, २०७८
  • 6K
    SHARES

फाइल तस्वीर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबारदेखि सबै मुद्दाको पेशी तोक्नु हुने भएको छ । विगत १५ दिनदेखि न्यायाधीशहरुले मुद्दाको सुनुवाइ नगर्दा पीडितले न्याय पाउने प्रक्रिया ठप्प भएको भन्दै सबै मुद्दाका लागि पेशी तोक्ने मुड बनाउनुभएको हो ।

अदालत लामो समय बन्दी भयो अब तपाई वन्दीप्रत्यक्षीकरण रिट मात्रै कति दिन सम्म तोक्नुहुन्छ भनी खुला नेपालले सोधेको प्रश्नमा प्रधानन्यायाधीश राणाले मंगलबारदेखि आफूले सबै मुद्दाको पेशी तोक्ने तयारी गरिरहेको बताउनुभयो । आन्दोलनका नाममा लामो समयदेखि सुनुवाइ रोक्नु संविधान विपरित भएकोले आफू अब नियमित प्रक्रियामा जाने प्रधानन्यायाधीश राणाको भनाई छ ।

न्यायाधीशहरु र कानून व्यवसायीले राजीनामा मागेको विषयमा प्रधानन्यायाधीश राणाले आफूले सडकबाट कसैले राजीनामा माग्दैमा नदिने यसअघि नै स्पष्ट पारिसकेको बताउनुभयो । ‘म संबैधानिक प्रक्रियाबाट आएको हुँ सडकबाट होइन,’ प्रधानन्यायाधीश राणाले भन्नुभयो, ‘कसैको निहित स्वार्थका पूरा गर्नका लागि आफूविरुद्ध आन्दोलन भएको र त्यो पुष्टि हुँदै गइरहेको छ, प्रधानन्यायाधीश राणाले भन्नुभयो, ‘संविधानसम्मत आएको प्रधानन्यायाधीशलाई सडक आन्दोलनबाट आन्दोलन गरेर हटाउँछु भन्नु मुर्खता मात्रै हो ।’ सर्वोच्चमा न्यायाधीशहरुको आन्दोलनका कारण दैनिक साढे ३ सयभन्दा बढी मुद्दाको प्रभावित हुँदै आएको छ ।

 

प्रतिक्रिया