• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

प्रधानन्यायाधीशको सम्पत्ति छानविन गर्न नेपाल बारको माग


  • खुला नेपाल
  • आइतवार, कार्तिक २८, २०७८
  • 3K
    SHARES

फाइल तस्वीर

काठमाडौँ । नेपाल बार एशोसियसनका पदाधिकारी एवं वरिष्ठ अधिवक्ताहरुले चोलेन्द्र शमशेर राणाको राजीनामा मात्रै नभई सम्पत्ति छानविनको माग समेत गरेका छन् ।

आइतबार प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै सर्वोच्च परिसरमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले राजीनामा जति ढिलो भयो उति हानि हुने बताउनुभयो ।

‘उहाँको प्रवेश भनेको न्यायालयलाई थप भ्रष्ट बनाउने हो। अदालत न्यायको मन्दिर हो । तर उहाँले न्याय किनबेच गरेपछि हामी आन्दोलनमा आयौँ,’ श्रेष्ठले भन्नुभयो, ‘चोलेन्द्रको राजीनामा मात्र होइन, सम्पत्ति छानबिन हुनुपर्छ। अब राजीनामाले पुग्दैन। न्याय किनबेच गर्ने बिचौलियाको छानबिन हुन्छ ।’

प्रतिक्रिया