• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

गमगढी आगलागीमा ३० करोड क्षति भएको अनुमान (अपडेट)


  • खुला नेपाल
  • मङ्लबार, कार्तिक ३०, २०७८
  • 4.4K
    SHARES

मुगु । जिल्ला सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गए राति साढे १२ बजेदेखि सुरु आगलागीले २१ घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

ठिङने लामाको घरमा पूजाका लागि जलाइएको दियोबाट सुरु भएको आगोले एउटा गाउँ नै खरानी बनाएको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा ढिलोगरी आगो नियन्त्रणमा आएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभएको छ ।

‘आगलागीबाट करिब ३० करोड बराबरको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ,’ सीडीओ महत भन्नुहुन्छ, ‘आगलागीमा परी २१ घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।’ आगलागीमा मानवीय क्षति भने भएको छैन । गए राति भएको आगलागीको घटनाप्रति प्रदेश सरकारले ध्यानकर्षण भएको जनाएको छ ।

मुख्यमन्त्री कार्यालयले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै आगलागीबाट पीडितहरुको राहत तथा पुनस्र्थापनामा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरिएको छ । स्थानीय प्रशासनलाई तत्कालका लागि अल्पकालीन राहत तथा व्यवस्थापन गर्न निर्देशन दिइएको छ । स्थानीय प्रशासनको सिफारिसका आधारमा प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

आगलागीमा परेका घरधनीको विवरण

पृथ्वीजङ शाह
छत्रबहादुर मल्ल
गुरु लामा
तोर्चे लामा
ठिल्ले लामा
छिरिङ लामा
सोनाम लामा
तोर्चे लामा
टासी लामा
पेमा छिरिङ लामा
गोमा शाही
दानबहादुर हितान
जानबहादुर हितान
जनकबहादुर मल्ल
झोवा लामा
आङ्गेल लामा
गोर्खबहादुर मल्ल
सुवास मल्ल

घुम्ती

लक्ष्मी शाही
विशाल मल्ल
कमला खड्का भाम

प्रतिक्रिया