काठमाडौं । यूएईले आफ्नो देशमा काम गरिरहेका अन्तर्राष्ट्रिय कम्पनीका कर्मचारीका लागि पाँच वर्षको भिसा दिने भएको छ । भिसाको बारेमा जानकारी यूएईका राजकुमार शेख हमदान बिन मोहम्मदल् सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिनुभएको छ ।
शेखले मंगलबार ट्वीटमा लेख्नुभएको छ , ‘हाम्रो लक्ष्य कम्पनीलाई सुविधा दिने र उनकी टीमका लागि पूरै वर्ष कन्फरेन्स, बैठक, प्रदर्शनिका लागि दुबई आउन र जानका लागि सहज बनाउनु छ।’
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
