काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नागरिकको मु्दा रोकेर लडाइँको थलो बनाउन नहुने बताउनुभएको छ । साथै अध्यक्ष ओलीले जनताको मुद्दा रोकेर न्यायाधीशहरुले पारिश्रमिक लिन नसुहाउने बताउनुभयो ।
नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा न्यायालयको विषयमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
‘जालझेल षडयन्त्र गरेर अहिले सरकारमा कस्ता मानिस छन्, देख्नुभएको छ,’ उनले भने, ‘सबैभन्दा ठूलो पार्टीको प्रधानमन्त्रीलाई अदालतको परमादेशबाट हटाउने काम भयो। अदालतको मर्यादा बढोस् भन्ने चाहन्छौं। अदालतले आफ्नो गरिमा कायम राखोस भन्ने हो, लडाइँको थलो बनेको छ, त्यो नहोस्।’
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
