काठमाडौँ । नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।
दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
राति देशका पहाडी भूभागमा बदली रहनेछ । बिहीबार प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको आँकलन गरिएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
